HELP छात्रवृत्ति कार्यक्रम २०२५
सर्वप्रथम माध्यमिक शिक्षा परीक्षामा सहभागी हुन भएकोमा सफलताको शुभकामना साथै यस हेल्प छात्रवृत्ति सहयोगका लागि आवेदन दिन इच्छा व्यक्त गर्नु भएकोमा धेरै धन्यवाद! साथै यस छात्रवृत्ति फारम भर्नु पूर्व कृपया निम्नलिखित आधारहरु ध्यानपूर्वक अध्ययन गरी भर्नुहुन अनुरोध गर्दछौं।
आवश्यक कागजातहरु:
- माध्यमिक शिक्षा परीक्षाको ग्रेड सीट (विज्ञान विषयको लागी B+ र गैर-विज्ञान विषयको लागि C+)
- एक जना शिक्षक वा प्रधानाध्यापकले लेखेको सिफारिस
- आवेदन फारममा उल्लेख भएका प्रश्नहरुको उत्तर
- एक प्रतिफोटो
अन्य आवश्यक जानकारी:
- आवेदक अन्तर्वार्तामा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ
- छोटो सूचीमा परेका आवेदकहरुलाई मात्र अन्तर्वातामा बोलाइनेछ
- अन्तर्वार्ताको मिति र समय पछि फोन मार्फत जानकारी गराइनेछ
- फारम नेपाली वा अंग्रेजी भाषामा भर्न मिल्नेछ (एउटै भाषा प्रयोग गर्नुपर्छ)
- छनौट प्रक्रियालाई बाधा पुग्ने किसिमको कुनै पनि कार्य गरेको पाइएमा स्वत अयोग्य ठहर गरिनेछ
छात्रवृत्ति प्राप्त गर्ने आवेदकको कर्तव्य:
छात्रवृत्ति सहयोग प्राप्त गर्ने हरेक आवेदकले आफनो २ वर्षे अध्ययन पूरा भइसके पछि आफूले सिकेका कुरा लिएर आफ्नो गाउँमा शिक्षा वा सामाजिक क्षेत्रमा स्वयंसेवकका रुपमा कुनै किसिमको योगदान पुयाउनु पर्ने छ।
HELP SEE Scholarship 2025 अन्तिम मिति: बैशाख ३१, २०८२ (May 13, 2025)
* आवश्यक प्रश्नहरु